अफगानिस्तानको २० सदस्यीय सरकारी टोली काठमाडौ आइपुगे
Admin
नेपाल ब्युरो– भदौ १७, काठमाडौ ।
अफगानिस्तानको २० सदस्यीय सरकारी टोली काठमाडौं आइपुगेको छ ।
उक्त टोली नेपालमा संयुक्त राष्ट्रसंघको महिला सम्बन्धी १३२५ र १८२० कार्यान्वयन सम्बन्धी क्रियाकलापको अवलोकन भ्रमण गर्न काठमाडौं आइपुगेको हो ।
नेपालस्थित राष्ट्रसंघीय महिला सम्बन्धी कार्यालयको संयोजनमा भएको साताव्यापी भ्रमणमा अफगानिस्तानको ८ मन्त्रालयका अधिकारीहरु र सामाजिक अभियानकर्ताहरु सहभागी छन् ।
भ्रमण टोलीले नेपालका सरकारी र गैरसरकारी निकायका अधिकारीहरुसँग भेटी युद्ध समाप्तिपछिको अवस्था, महिलाहरुको स्थिति, शान्तिप्रक्रिया पूरा गर्न भइरहेका प्रयासहरुबारे जानकारी लिने बताइएको छ ।
प्रकाशित मिति: 2014-09-02 03:17:34
प्रतिक्रिया: