कृषि विकास बैंकको केन्द्रिय कार्यालय र प्रमुखको कार्यकक्षमा धर्ना
Admin / 2014-09-15 08:31:53
नेपाल ब्युरो– भदौ ३०, काठमाडौ ।
नेपाल वित्तिय संस्था कर्मचारी संघ कृषि विकास बैंकले बैंकको केन्द्रिय कार्यालय र प्रमुखको कार्यकक्षमा धर्ना दिएका छन् ।
बैँकले ट्रेड युनियन अधिकारलगायतका माग नसुनेको भन्दै धर्ना दिएका हुन् ।
नेपाल वित्तिय संस्था कर्मचारी संघ कृषि विकास बैंकले बैंकको केन्द्रिय कार्यालय र प्रमुखको कार्यकक्षमा धर्ना दिएका छन् । माग पूरा गर्नुको साटो बैंकका अध्यक्ष प्रमोदकुमार कार्की र कार्यकारी प्रमुख तेजबहादुर बुढाथोकी ‘हाजिर गरेर टाप कस्ने’ गरेकाले आन्दोलनमा उत्रिएको संघले जनाएको छ ।
संघले शाखा प्रमुखसम्मको ट्रेड युनियन अधिकार, सेवाग्राही तथा शेयरधनीहरुको सेवा सुविधालाई ध्यानमा राखेर जनशक्ति व्यवस्थापन, ठूला परियोजनाको लगानीमा विश्वासको वातावरण सिर्जना, युनियनहरुको सहमतिमा तयार भएका विनियमावलीको कार्यान्वयनलगायतका माग राखेका छन् ।
प्रकाशित मिति: 2014-09-15 08:31:53
प्रतिक्रिया: