काठमाडौं
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल
(आइसीसी)ले आइसीसी विश्व क्रिकेट लीग डिभिजन दुईको तालिका सार्वजनिक गरेको छ। माघ ३
गतेदेखि १४ गतेसम्म नामिबियामा हुने डिभिजन दुईको पहिलो खेलमा नेपाल युगाण्डासँग भिड्ने
छ।
कात्तिकमा मलेसियामा भएको डिभिजन तीनमा
नेपालले युगाण्डालाई हराउँदै समूह विजेता भएको थियो।
डिभिजन दुईमा नेपाल र युगाण्डासहित क्यानडा, केन्या, नेदरल्याण्ड र आयोजक नामिबिया रहेका छन्। आठ दिन चल्ने डिभिजन दुई प्रतियोगिता
राउण्ड रोबिनका आधारमा खेलाइनेछ। डिभिजन दुईका शीर्ष दुई टीम सन् २०१५-२०१७ मा हुने
आइसीसी इन्टरकन्टिनेन्टल कपमा सहभागी हुन पाउनेछन्।
त्यस्तै शीर्ष दुई टीमले ५० ओभरको आइसीसी
विश्व क्रिकेट लीग च्याम्पियनसीप खेल्न पाउनेछन् भने एसोसियट र एफिलियट सदस्यहरुसँग
पहिलो श्रेणीको चार दिने क्रिकेट खेल्न पाउनेछन्। पुछारमा रहने दुई टीम भने डिभिजन
तीनमा झर्नेछन्। नेपाल र युगाण्डा यसअघि डिभिजन दुई पुगेर डिभिजन तीनमा झरेका थिए।
डिभिजन दुई टुर्नामेन्टका लागि नेपाली अम्पायर बुद्धि प्रधान पनि समावेश भएका छन्। प्रतियोगिताका सबै खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछन्।
खेल तालिका
माघ ३ (जनवरी १७)- नेपाल भर्सेस् युगाण्डा
(वान्डरर्स एफिस्), नामिबिया भर्सेस् केन्या (वान्डरर्स), नेदरल्याण्ड भर्सेस् क्यानडा (युनाइटेड)
माघ ४ (जनवरी १८)- नेपाल भर्सेस् नेदरल्याण्ड्स
(युनाइटेड), नामिबिया भर्सेस् युगाण्डा (वान्डरर्स), केन्या भर्सेस् क्यानडा (वान्डरर्स एफिस्)
माघ ५ (जनवरी १९)- आराम/रिजर्भ डे
माघ ६ (जनवरी २०)- नेपाल भर्सेस् क्यानडा
(वान्डरर्स), केन्या भर्सेस् युगाण्डा (युनाइटेड), नामिबिया भर्सेस् नेदरल्याण्ड्स (वान्डरर्स
एफिस्)
माघ ७ (जनवरी २१)- नेपाल भर्सेस् नामिबिया
(युनाइटेड), केन्या भर्सेस् नेदरल्याण्ड्स (वान्डरर्स), क्यानडा भर्सेस् युगाण्डा (वान्डरर्स एफिस्)
माघ ८ (जनवरी २२)- आराम/रिजर्भ डे
माघ ९ (जनवरी २३)- नेपाल भर्सेस् केन्या
(वान्डरर्स एफिस), नेदरल्याण्ड्स भर्सेस् युगाण्डा (वान्डरर्स), नामिबिया भर्सेस् क्यानडा (वान्डरर्स एफिस्)
माघ १० (जनवरी २४)- समुहको शीर्ष दुई स्थानमा
भएका टीमबीचको फाइनल (वान्डरर्स), तेस्रो
र चौथो स्थानका बीच प्ले-अफ (युनाइटेड), पाँचौं
र छैटौं स्थानमा रहेका बीचको प्ले-अफ