जापान समाचार

नेपाली जनसम्पर्क समिति जापानको सभापतिमा शेर्पाको उम्मेद्वारी


MiteriJapan Reporter / 2014-05-19 20:25:54


जापान ब्युरो, टोकियो । नेपाली जनसम्पर्क समिति जापानको यही २५ मे मा हुने पाँचौ अधिबेशनमा नयाँ कार्यसमितिको सभापतिको लागि पासाङ शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

उनले एक अपिल प्रकाशित गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै उर्जाशील, क्रियाशील र संर्घषशील सदस्यहरुको आत्मबल र विश्वासलाई समेटेर कुशल नेतृत्वको नमुनाको रुपमा समितिलाई स्थापित गराउने प्रतिबद्धता जाहेर गरेका छन् ।

उनले, ‘सहभागीतामूलक राजनीतिक पद्धति र बैचारिक राजनीतिक नेतृत्व विकासका निमित्त पनि मेरो उम्मेदवारी कोसेढुंगा साबित हुनेछ ।’ भनेका छन् ।

उम्मेदवारी घोषणा गर्दै गरिएको अपीलको पूर्ण पाठ यस्तो छ :–
आदरणीय लोकतन्त्रप्रेमी जापानबासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरु एवं सम्पूर्ण मित्र वन्धुहरुमा जय नेपालको न्यानो अभिवादन ! नेपाली जनसम्पर्क समिति जापानको स्थगित पाँचौ अधिवेशन सम्पन्नताको पूर्वसन्ध्यामा रहनुभएका नेपाली काँग्रेसको आदर्श, बिचार, सिन्द्धान्तप्रति प्रतिबद्ध साथीहरु हार्दिक जय नेपालको न्यानो अभिवादन गर्न चाहान्छु ।

परिवर्तनसँगै समाजको पनि समुचित परिवर्तनका निमित्त सुरुवात आफैंबाट गर्नुपर्ने सर्वमान्य सिद्धान्त अनुरुप त्यसलाई एउटा गहन जिम्मेवारीको रुपमा लिँदै फेरी एकपटक यही समाजको जिम्मेवार सदस्यका रुपमा आफुलाई प्रस्तुत गर्दछु । सन्दर्भ यही आउँदो मे २५ मा सम्पन्न हुन लागेको नेपाली जनसम्पर्क समिति जापानको अधिवेशनको रहेको छ । उर्जाशील, क्रियाशील र संर्घषशील साथीहरुको आत्मबल र विश्वासलाई समेटी कुशल नेतृत्वको नमुनाको रुपमा नेपाली जनसम्पर्क समिति जापानलाई तपाईहरुको माझ फेरि एकपटक स्थापित गर्नका लागि म पासाङ शेर्पाले सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दछु । ने.ज.स.स. जापान जापानभित्र रहेको नेपाली समाजमा बिगतदेखि वर्तमानमा समेत अत्यन्त क्रियाशील सामाजिक राजनीतिक संस्थाको रुपमा स्थापित रहेको यहाँहरुलाई बिदितै छ । राजनीतिक क्रियाकलाप सँगै सामाजिक क्रियाकलापमा पनि सक्रियता बढाउने मेरो प्रयत्न रहनेछ । म आफै यस संस्थाको कार्यबाहक सभापति रहँदै गर्दा ओशाका क्षेत्रको कान्साई क्षेत्रीय समितिको विस्तार त्यसक्षेत्रका साथीहरुको उत्साहपूर्वक सहभागीतामा अति व्यवस्थित ढंगले भएको थियो । दोस्रो जनसम्पर्क समितिको इतिहासमा नियमित केन्द्रीय वैंठक नागोया क्षेत्रमा गरी टोकियो बाहिर पनि बस्ने पद्धति बसालिएको थियो ।

आदरणीय साथीहरु,
बिगतका कार्यकालमा भएका व्यक्तिगत भावना र लहडमा आएर निर्णय गरिने पद्धतिलाई सुद्धिकरण गर्दै यस्ता क्रियाकलापलाई सच्चाएर अगाडि बढ्ने प्रतिबद्धता जनाउँछु । सहभागीतामूलक राजनीतिक पद्धति र बैचारिक राजनीतिक नेतृत्व विकाशका निमित्त पनि मेरो उम्मेदवारी कोसेढुंगा साबित हुनेछ भन्ने मैले बिश्वास लिएको छु । म संस्कार र जन्मका हिसावले शेर्पाको कोखमा जन्मिएको हुँदा जनजातिको वर्गीकरणमा परेको हुँ । त्यो यथार्थपरक पनि हो । बिगतको नेपालको जनजाति आन्दोलन र जातीय राज्यको सवालमा म स्पष्ट छु र त्यसमा नेपाली काग्रेसले अबलम्बन गरेको नीति र कार्यक्रम नै मेरो मुख्य मार्गदर्शन हुने छ । किनकी म बाल्यकालदेखि र बुझ्ने भएदेखि नै नेविसंघ हुँदै नेपाली कांग्रेसको अभियानमा संलग्न भएर जिल्ला र कलेज हुँदै यहाँसम्म आएको हुँ । तर पनि केही साथीहरुले मप्रति केही आशंका र अविश्वास सिर्जना गरेकै हुन् बिगतमा । मेरो निरन्तर सक्रियताले यस्ता प्रबृत्तिलाई पक्कै पनि परास्त गरेको छ भन्ने लागेको छ र पूर्णरुपमा विश्वासका साथ जातीय राजनीतिबाट स्पष्ट छु । स्वर्गीय नेता भिमबहादुर तामाङ दाई नै मेरो प्रेरणाको स्रोत हुनुहुन्छ र रहिरनुहुनेछ भन्ने प्रतिबद्धता पनि जाहेर गर्दछु ।

अन्त्यमा साथीहरु, हामीभित्र संस्था संचालनका क्रममा केही साथीहरुबाट देखिने गरी अराजनीतिक चरित्र र संस्थालाई आर्थिक पहुँचका आधारमा संचालन गर्न सकिन्छ भन्ने खालका गलत मानसिकता तथा त्यस्ता दुष्प्रयासलाई निर्मूल पारेर राजनीतिक बिचार र प्रतिस्पर्धाका आधारमा नेतृत्व पाउनुपर्ने व्यवस्थाको सुनिश्चितताको लागि पनि मेरो उम्मेदवारी हो भन्ने बिश्वास दिलाउदै मलाई सभापति बन्न प्रेरित गर्नु हुने मेरो अग्रज एवं सम्पूर्ण लोकतान्त्रप्रेमी दाजुभाई तथा दिदीबहिनीहरु लगायत आम शुभचिन्तक र साथीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । मैले यो जिम्मेवारीलाई एउटा चुनौती र अवसर दुबैको रुपमा लिएको छु । नेपाली जनसम्पर्क समिति जापानको उत्थानका लागि मेरा सम्पूर्ण अग्रज तथा नेपाली कांग्रेस केन्द्रसँग समन्वय गर्दै आफूले भ्याएसम्म लागि पर्ने छु र यसको लागि यहांहरुको सहयोग सल्लाह र सुझाब अपरिहार्य छ ।

मेरा भावी योजनाहरु–
१. दुई वर्षे कार्यकालमा संगठन विस्तार कार्यक्रम महत्वका साथ अगाडि बढाई साधारण सदस्य र क्रियाशील सदस्यको संख्यालाई अत्याधिक वृद्धि गरी पार्टीको केन्द्रीय महाधिवेशनमा हाम्रो उपस्थितिलाई अझ वृद्धि गर्ने अवसरको सिर्जना गर्ने छु ।

२. जापानमा भएका नेपाली समुदायका बिचमा आइपर्ने सुखदुःखहरुमा हातेमालो गर्दै अगाडि बढ्ने छु ।

३. वर्तमान अवस्थामा नेपालीहरुको जापानप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै त्यसबीचमा आइपर्ने समस्या समाधान र व्यवस्थित बसाईका लागि सहयोग पुग्ने क्रियाकलापलाई अगाडि बढाउने छु ।

४. अव्यवस्थित आर्थिक अवस्थालाई सुधार गर्दै व्यवस्थित आर्थिक कोष निर्माणमा बिशेष पहल गर्ने छु ।

५. आउँदो नेपाली कांग्रेसको महाधिवेशनमा जनसम्पर्क समितिको पनि केन्द्रीय समितिमा उम्मेदवार हुन पाउने व्यवस्थाको लागि पहल गरी जापानबाट केन्द्रीय सदस्यमा प्रतिनिधित्व गराउन पहल गर्ने छु ।


प्रकाशित मिति: 2014-05-19 20:25:54
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing