संविधानसभाको सम्वाद समितिको गृहकार्य आज पनि जारी
Admin / 2014-08-29 02:32:17
नेपाल ब्युरो– भदौ १३, काठमाडौ ।
संविधानसभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको गृहकार्य आज पनि जारी रहेको छ ।
संविधानका विवादित विषयमा छलफल गर्न संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको गृहकाय जारी रहेको हो ।
सहमति जुटाउँन समितिको बैठक आज पनि बसिरहेको छ । समितले हिजो संवैधानिक समिति अन्र्तगतको उपसमिति र शीर्ष नेताहरुबीच भएको सहमतिलाई आज अन्तिम रुप दिनेछ ।
हिजो दलहरुबीच आगामी संविधानको नाम ‘नेपालको संविधान’ र नेपालको स्वाधीनता, राष्ट्रिय अखण्डता र नेपाली जनतामा निहित सार्वभौमसत्तालाई अपरिवर्तनीय विषयका रुपमा रहने सहमति भएको छ ।
मौलिक हक, मानवअधिकार, पे्रस स्वत्नत्रता, बहुलवाद, विधिको शासन, आवधिक निर्वाचन जस्ता विषयलाई प्रस्तावनामा समेट्ने सहमति भएको छ । प्रस्तावनामा समेटिने ती विषयको संशोधन गर्न संसद्मा दुई तिहाई मत कायम गरी त्यसलाई जनमतसङ्ग्रहमा लैजानुपर्ने सहमति भएको छ ।
संविधानका अन्य पक्ष एवम् विषय संशोधनका लागि प्रचलित कानुनअनुसार दुई तिहाई मतका आधारमा गर्नुपर्ने सहमति पनि भएको छ ।
प्रकाशित मिति: 2014-08-29 02:32:17
प्रतिक्रिया: