देशमा स्थानीय निकायको निर्वाचन नभएसम्म सुशासन कायम हुन सक्दैन : साउद
Admin / 2014-06-26 08:18:12
नपाल ब्युरो–असार १२, काठमाण्डौ ।
सिंचाई मन्त्री नारायण प्रसाद साउदले देशमा स्थानीय निकायको निर्वाचन नभएसम्म सुशासन कायम हुन नसक्ने बताउनुभएको छ ।
आज सिराहामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री साउदले स्थानीय निकायलाई अन्योलमुक्त बनाउन स्थानीय निर्वाचनको तयारी भइरहेको जानकारी दिनुभयो ।
यस्तै एक वर्षभित्र नेपाली जनतालाई नयाँ संविधान दिन अहिलेको सरकार लागि परेको उहाँले दावी गर्नुभएको छ ।
तोकिएको समयमै संविधान जारी गर्ने विषयमा संविधान सभाका प्रमुख प्रतिपक्षी तथा सहभागी दलहरुसँग पनि सहमतिको प्रयास भइरहेको उहाँको भनाई थियो ।
अहिलेको सरकारसरकार संविधान निर्माणमा चिन्तित भएको बताउँदै उहाँले संविधान निर्माणको विषयमा शंका नगर्न आग्रह गर्नुभयो ।
प्रकाशित मिति: 2014-06-26 08:18:12
प्रतिक्रिया: