यौन दुर्ब्यवहारको आरोपमा नेपाली कुक पक्राउ
मितेरीजापान डट कम / 2014-07-11 08:03:15
टोक्यो, जापान ।
जापानी महिलालाई यौन दुर्ब्यवहार गरेको आरोपमा नेपाली कुक पक्राउ परेका छन । साईतामा प्रिफेक्चरको खावागोएमा बिहानै कार्यस्थल तर्फ जाने क्रममा झुक्किएर कुकको हात जापानी महिलाको छातीमा पुगेको पक्राउ परेका कुकका सहकर्मीले बताएका छन ।जापानी महिलाले प्रहरीमा उजुरी गरेपछि उनलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका कुकलाई अहिले खावागोए पुलिस स्टेशनमा राखिएको छ । आरोपितलाई जापानी भाषा नआउने अनि थुनुवामा रहेकाहरुसंग प्रहरीले बुझ्ने भाषामा मात्र कुरा गर्न पाउने भएकोले कसैले भेटन समेत पाएका छैन । नेपालीमै कुरा गर्नलाई नेपाली दुताबासको कर्मचारी उपस्थितिमा मात्र दिने भएकोले सो तर्फ पहल भैरहेको जानकारी प्राप्त भएको छ ।
आरोप पुस्टी भएमा ६ महिना कारावास र ५० हजार ऐन जरिवाना बुझाउनु पर्ने हुन्छ । तर, उजुरी गर्ने महिलाले सहमति गर्न चाहेमा सहमति गर्न सकिने प्रहरीले जनाएको छ ।
पक्राउ परेका कुक स्याङजा जिल्ला निबासी ३७ बर्षको भएको जानकारी प्राप्त भएको छ ।
प्रकाशित मिति: 2014-07-11 08:03:15
प्रतिक्रिया: