नेपाल समाचार

ओलीको अबको मिशन : प्रधानमन्त्रि


Admin / 2014-07-20 01:35:37


काठमाडौं, साउन ४ –  दोस्रो संविधानसभामा एमाले दोस्रो दल भएर आएलगत्तै एमालेका नेता केपी ओली समूहले तीन वटा रणनीतिक कदम चाल्ने संकेत दिएको थियो । यस्तो रणनीति हासिल गर्न धेरै समय कुर्नुहुँदैन भन्नेमा पनि ओली र उनका सहयोगीहरू प्रस्ट थिए । ओलीको स्वास्थ्यमा बेला–बेलामा देखिने समस्याले गर्दा पनि जतिसक्दो चाँडो रणनीति पूरा गराउन चाहन्थ्यो ओली समूह । यसका इनसाइड सूत्रधारहरू थिए बालकोट निकट मानिने एमालेका नेताहरू । 
ओलीका तीन मिसन थिए– संसदीय दलको नेता, पार्टी अध्यक्ष र प्रधानमन्त्री । उनी एकैपटक यी तीन उपलब्धि हासिल गर्न चाहँदैनथे, बरु एक–एक गरेर लक्ष्य हासिल गर्ने रणनीतिका साथ अगाडि बढेका थिए । उनी आफ्ना कदममा कहीं न कहीं सफल पनि भएका छन् । दक्षिणी छिमेकीसँग राम्रो सम्बन्ध भएका भनिएका ओलीका लागि अबको लक्ष्य देशको कार्यकारी पदको बागडोर सम्हाल्ने नै हो । पहिलो संविधानसभामा चुनाव हारेपछि धेरै सम्भावना र अवसरबाट वञ्चित भएका ओली दोस्रो संविधानसभामा प्रत्यक्ष चुनाव जितेपछि भने प्रधानमन्त्री बन्न चाहन्थे । नेकपा–एमालेको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि ओलीले निकै भावुक हुँदै आफूसँग पर्खेर बस्ने समय नभएको र छिट्टै केही गर्ने बताएका थिए । आफ्नो स्वास्थ्य स्थितिको कारणले गर्दा पनि ओली चाँडै राष्ट्रिय राजनीतिमा ‘केही गरेर’ देखाइदिन चाहन्छन् । यसैका आधारमा उनले आफ्नो कार्यसूची तयार पारेका थिए । यसका लागि पार्टीभित्र बलियो शक्ति आफ्नो पक्षमा पार्नु उनी अनिवार्य ठान्थे । प्रधानमन्त्रीलाई केन्द्रमा राखेर ओलीले आफ्ना कदम चालेका थिए । 
आफ्ना समकक्षी नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल प्रधानमन्त्री भएपछि ओलीलाई पनि प्रधानमन्त्री बन्ने चाहना पलाएको थियो । प्रधानमन्त्री बन्नका लागि उनले पार्टी कब्जाको रणनीति अगाडि सारेका थिए । ओलीले प्रधानमन्त्री बन्नकै लागि संसदीय दलको चुनावी मैदानमा आफूलाई उतारेका थिए । अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालको समीकरण बने पनि संसदीय दलको चुनावमा ओलीले २५ मत बढी ल्याएर चुनाव जिते । पहिलो मिसनमा उनी सफल भए । सिंहदरबारस्थित पार्टी दलको कार्यालयमा भएको चुनावपछि ओलीले पार्टी महाधिवेशनलाई मिसन बनाएका थिए । आफू अध्यक्ष हुन उनले झलनाथको समर्थन खोजे र झलनाथलाई राष्ट्रपति बनाउने आश्वासन पनि दिए । ओलीको आश्वासन पाएका खनालले महाधिवेशनको अन्तिमसम्म पनि आफ्नो मौनव्रत खोलेनन् । खनालपक्षका सबैजसो नेताहरू नेपालको समूहमा लागेका भए पनि खनाल आफू चाहिं बोलेनन् । यसै साता काठमाडौंमा सम्पन्न पार्टीको नवौं महाधिवेशनमा ओलीले आफूलाई अध्यक्षको उम्मेदवार बनाएर पूर्व प्रधानमन्त्री नेपालसँग टक्कर लिए । उनलाई यो राम्ररी थाहा थियो कि पार्टी कब्जा भएपछि प्रधानमन्त्री बन्ने बाटोको आधा काम फत्ते हुन्छ । यसैका लागि उनले अध्यक्ष बन्ने दौडमा कुनै कसर बाँकी राखेनन् । र अन्ततः झिनो मतकै अन्तरमा भए पनि अध्यक्ष बन्न सफल भए । आफ्नो सबै टीमलाई जिताउन भने उनले सकेनन् । पार्टी महाधिवेशनबाट अध्यक्ष भएपछि ओलीको मिसन पिएम अर्थात् प्रधानमन्त्री बन्ने छ 
। दशैंको आसपासमा सत्ता समीकरणमा संकट पैदा गराउने भावी नयाँ समीकरणका लागि बाटो तयार पार्ने ओली खेमाको रणनीति रहेको छ । यसका लागि ओली समूहले समयमै संविधान बनाउन नसकेको, सहकार्य गरेको दलसँग परामर्श नगरी एकलौटी तरिकाले सरकार संचालन गराएको तथा जनजीविकाका विषयमा सरकारले ठोस काम नगरेको जस्ता आरोप लगाएर कांग्रेससँगको सम्बन्धलाई थप संकटमा फसाउने रणनीति बनाएको छ ।पत्रकाहरुसँग निर्वाचनअघि गरेको कुराकानीमा ओलीले प्रष्ट रुपमा ‘पहिलेका सहमति पालना नगर्नेसँग मेरो र नेकपा–एमालेको सहकार्य हुनसक्दैन’ भनेर प्रष्ट पारेका थिए । यता, सरकारका निर्माणका क्रममा कांग्रेस र एमालेबीच भएको सबै सहमति मान्न कांग्रेस यतिबेला आनाकानी गरिरहेको छ । राष्ट्रपतिलाई अनुमोदन नै नगरी पेलेरै भए पनि नयाँ संसदले अनुमोदन नगरेको राष्ट्रपतिलाई कांग्रेसले संसदमा सम्बोधन गर्न लगाइसेको छ । ओली निकट नेताहरूको दाबी के छ भने सुशील कोइराला नेतृत्वको सरकारको आयु बढीमा मंसीरसम्म हुन सक्छ । त्यसपछि सत्ता समीकरण नयाँ बन्न सक्छ । कृषि मन्त्री हरिप्रसाद पराजुलीलले पनि एक सार्वजनिक कार्यक्रममा बोल्दै केपी ओली अबको प्रधानमन्त्री बन्ने ठोकुवा गरिसकेका छन् । कांग्रेससँगको सत्ता समीकरणलाई निरन्तरता दिंदा ओलीलाई प्रधानमन्त्री बनाउन नसकिने निष्कर्ष ओली समूहले यसअघि नै गरेको छ । ओलीले आफ्नो निवासमा मधेशवादी दलका केही नेताहरूसँग भावी सत्ता समीकरणका विषयमा समेत कुराकानी गरेका थिए । स्रोतका अनुसार ओली र उनी निकट नेताहरूले एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसँग पनि भावी सत्ता समीकरणका विभिन्न विकल्पमाथि कुराकानी गरेका छन् ।
प्रकाशित मिति: 2014-07-20 01:35:37
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing