सुन आज २०० ले घट्यो
Admin
नेपाल ब्युरो–असार ३,काठमाडौ ।
स्थानीय बजारमा सुनचाँदिको भाउमा उतार चढाव आउने क्रम आजपनि जारी छ ।
आज छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर ५२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि २ सय रुपैयाँले नै घटेर प्रतितोला ५२ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेका नेपाल सुनचाँदि व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
त्यसैगरी चाँदिको भाउपनि आज ८ रुपैयाँले घटेर प्रतितोला ७ सय ८८ रुपैयाँमा कारोबार भईरहेको शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति: 2014-06-17 04:05:55
प्रतिक्रिया: