काठमाडौं, साउन ४ – आफ्नो संगठनका विद्यार्थीलाई खुकुरी प्रहार गरेको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका विद्यार्थीले त्रिचन्द्र क्याम्पसमा तोडफोड तथा आगजनी गरेका छन् ।
नेकपा–एमाले निकट विद्यार्थी संगठन अखिलका विद्यार्थीलाई नेपाली कांग्रेस निकट नेवीसंघका विद्यार्थीले खुकुरी प्रहार गरेको विरोधमा काठमाडौंको मुटुमा रहेको त्रिचन्द्र क्याम्पसको बिपि पुस्तकालयमा आगजनी तथा तोडफोड गरेका हुन् ।
खुकुरी प्रहारबाट आक्रोशित बनेका विद्यार्थीहरुले विपि पुस्तकालयमा रहेका नेताहरुका फोटोहरु तोडफोड गर्नुको साथै आगजनी गरेका छन् । त्यहीँका एक विद्यार्थी राजेश अधिकारीले दिएको जानकारी अनुसार आगजनी अगाडि उनीहरुले क्यापसमा विरोध प्रदर्शन समेत गरेका थिए ।