त्रिविका तीन शैक्षिक निकायमा अख्तियारको छापा
Admin
नेपाल ब्युरो– भदौ ८, काठमाडौ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज त्रिभुवन विश्वविद्यालयका तीन शैक्षिक निकायमा छापा मारेको छ ।
विश्वविद्यालयका १३ विभाग, उच्च माध्यमिक शिक्षा परिषद र प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदमा एकसाथ छापा मारी आयोगले कागजपत्र नियन्त्रणमा लिएको छ ।
अख्तियारले विश्वविद्यालयका तीन संस्थामा भ्रष्टाचार र अनियमितताका एक हजार भन्दा बढि उजुरी परेपछि आज एकसाथ छापा मारेको बताइएको छ । अख्तियारका १ सय ३० जना कर्मचारी छापा मार्न परिचालन गरिएका छन् ।
बिभिन्न शिक्षण संस्थाहरुलाई सम्बन्धन दिने क्रममा करोडौं घुस लेनदेन भएको र पैसा लिएर सम्बन्धन दिन लागिएको पाइएपछि अख्तियारले छापा मारेको हो ।
प्रकाशित मिति: 2014-08-24 03:58:11
प्रतिक्रिया: