स्ट्राइकर डिएगो कोष्टा इंगलिश क्लब चेल्सीमा अनुबन्धित
Admin
नेपाल ब्युरा–असार ३२,एजेन्सी ।
स्पेनिश क्लब एट्लेटिको म्याड्रिडका स्ट्राइकर डिएगो कोष्टा इंगलिश क्लब चेल्सीमा अनुबन्धित भएका छन ।
२५ वर्षीय कोष्टालाई चेल्सीले ३ करोड २० लाख पाउण्डमा पाँच वर्षे सम्झौता सहित क्लबमा राखेको हो । चेल्सीसंगको सम्झौतापछि उनले आफु निकै खुशी भएको भन्दै इंगल्याण्डबाट प्रतिस्पर्धात्मक लिगको शुरुवात हुन लागेकोमा उत्साही भएको बताएका छन् ।
सन २०१० देखि एट्लेटिको म्याड्रिडका लागि खेल्न सुरु गरेका कोस्टाले टिमका लागि ५२ खेलमा ३६ गोल गरेका छन । उनी रहँदा एटलेटिको मड्रिडले यसवर्ष स्पेनी ला लिगाको उपाधि जित्यो भने च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको थियो ।
प्रकाशित मिति: 2014-07-16 05:55:32
प्रतिक्रिया: